संविधान संशोधन नगरे सरकार छाड्ने चेतावनी

38

छिनछिन खबर
काठमाडौं, वैशाख २३ । नवगठीत समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने चेतावनी दिएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको समाजवादी पार्टीले जुनसुकै बेला सरकार छोड्ने जनाए ।

 

‘हामीले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं तर सरकार प्राथमिकतामा छैन,’ भट्टराईले भने, ‘संविधान संशोधन भएन भने जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं।’बाबुराम नेतृत्वको नयाँ शक्तिसँग एकता हुनुअघि नै तत्कालीन संघीय समाजवादी फोरम केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले प्रदेश नम्बर दुईमा रहेको आफ्नो पार्टीको सरकारलाई ढाल्ने प्रयास भए पनि त्यो सफल नहुने बताए।

Womui
Womui