मेडिसिटी अस्पतालबाट बच्चा नलिंदा पूर्वसभासद शाह पक्राउ

40

छिनछिन खबर

काठमाडौं, वैशाख २३ । ललितपुर प्रहरीले पूर्वसभासद गायत्री शाहलाई पक्राउँ गरेको छ । आफ्नो बच्चालाई लिन नमानेको र अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले प्रहरीमा उजुरी गरेपछि उनि पक्राउ परेकी हुन् । पूर्वसभासद शाह र उनका पति राजेश महतोलाई पक्राउँ गरिएको जिल्ला प्रहरी कार्यलय ललितपुरका एसएसपी रविन्द्र सिंह धानुकले जानकारी दिए ।

‘गायत्री साहले अस्पतालमा होहल्ला गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको छ’, उनले भने ‘बच्चा लिन अस्वीकार गरको भन्दै मेडिसिटिले उजुरी पनि दिएको थियो । हामीले त्यसपछि अदालतबाट पक्राउ पूर्जी लिएर उहाँलाई पक्राउ गरेका हौं। साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । तर, बच्चामा डाउन सिन्ड्रोम देखियो । अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको शाह र उनको परिवारको आरोप छ ।

Womui
Womui