राष्ट्रपतिले सम्बोधनमा भनिन् मेरो सरकार राजतन्त्रको झल्को

109

छिनछिन खबर
काठमाडौं, वैशाख २० ।  यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा ’नेपाल सरकार’ नभनेर ’मेरो सरकार’ भनेर सम्बोधन गरेकी छन् ।

अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा ’यो सरकार’ र ’नेपाल सरकार’ भनिएको थियो । पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि ’नेपाल सरकार’ भनेर सुरू गरिन्थ्यो ।यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी ’… यस्तो गरिनेछ’ भन्थे । कतिपय ठाउँमा उनले ’वर्तमान सरकार’ पनि भनेका छन् । तर, कुनै पनि ठाउँमा ’मेरो सरकार’ भनेनन् । राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं ’मेरो सरकार’ भन्ने गर्थे ।

गणतन्त्र स्थापनापछि पहिलोपटक राष्ट्रप्रमुखले राजाले जस्तै ’मेरो सरकार’ भनेर सम्बोधन गरेपछि टीकाटिप्पणी भएको छ ।नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन् ’म त नेपाल सरकारको ( जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ ।

प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँने होला? कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन्( ’मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार? कुनै बेला श्री ५ को सरकार थियो, राजाले मेरो सरकार भनेर सम्बोधन गर्थे आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ?’

Womui
Womui