गगनको प्रश्नः यस्तो गम्भीर गल्ती कसले गर्यो ?

115

छिनछिन खबर
काठमाडौँ,बैशाख २० । काँग्रेस नेता गगन थापाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा ‘मेरो सरकार’ भनेर घुसाइएको शव्द गम्भीर गल्ती भएको प्रतिकृया दिएका छन् ।

नीति तथा कार्यक्रम सुनिसकेर संसद परिसरमा सञ्चरकर्मीलाई प्रतिकृया दिँदै थापाले यस्तो गम्भीर गल्ती कसले गरेको त्यो सरकारले प्रश्ट पार्नुपर्ने बताए ।उनले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको समेत बताए । राष्ट्रपति र सरकार कसको नीति तथा कार्यक्रम भनेर छुट्याउन नसकिएको भन्दै थापाले नीति तथा कार्यक्रममा नयाँ कुरा नभएको दावी गरे । ‘नीति तथा कार्यक्रममार्फत सरकारले भ्रम छरेको छ । यसले जनतामा चरम निराशा छाएको छ ’ थापाले भने, ‘नयाँ कुरा केही छैन । सरकारले आफ्नो कमजोरी कतै स्वीकारेको छैन । आत्मालोचना गर्नुको साटो आत्मप्रसंशा गरिएको छ ।’४६ पेजको उक्त नीति तथा कार्यक्रममा सरकारको रामराज्य बनिसकेको जस्तै प्रस्तुति भएको भन्दै नीति तथा कार्यक्रम टेक्ने आधार नै नभएको बताए ।

Womui
Womui