छुट्टा छुट्टै कार्यक्रम गरेर मजदुर दिवस मनाइयो

306

नेपालगन्ज, बैशाख १८-
१३० औं श्रमिक दिवसलाई बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल टे«ड युनियन कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट छुट्टा छुट्टै कार्यक्रम गरेका हुन् । दिवसको अवसरमा बुधबार बिहान कांग्रेस पार्टी कार्यालय नेपालगन्ज ट्रेड युनियन कांग्रेसले र्याली प्रर्दशन गरेको थियो ।

उक्त र्याली जिल्ला समन्वय समितिको सभा कक्षमा पुगेर सभामा परिणत भएको थियो । यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले पनि अलग्गै कार्यक्रम गरेर दिवस मनाएको छ । दिवसको अवसरमा धम्बोझी चोकबाट र्याली सुरु भई नेपालगन्ज औद्योगिक क्षेत्रमा पुगेर सभामा परिणत भएको थियो । औद्योगिक क्षेत्रमा भएको कार्यक्रममा प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बराल, प्रदेश सांसद आईपी खरेल, पुर्वसांसद देवराज भार, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतको उपस्थिती रहेको थियो ।

यस्तै ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा पुर्वमन्त्री एवम् कांग्रेस नेता एनपी साउद, अर्का केन्द्रिय सदस्य बद्री पाण्डे, कांग्रेस बाँकेका सभापति किरण कोईराला, प्रदेश पाँचका सांसद सुरेन्द्र हमाल, नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठ, बाँके अध्यक्ष रामबहादुर मल्ल लगायतले सम्बोधन गरेका थिए ।

Womui
Womui