चक्रवात नेपाल आउँदै, सतर्क रहन मौसम पूर्वानुमानको आग्रह

346

छिनछिन खबर
काठमाडौं–बंगाल खाडीको शक्तिशाली चक्रवात नेपाल प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडीबाट विकसित भएको शक्तिशाली चत्रवात ‘फानी’ तथा पश्चिमी वायुको प्रभावले बिहीबार साँझदेखि शनिबारसम्म नेपालको मौसम बदली हुनेछ ।

फानीको प्रभावले हावाहुरीसहित चट्याङ र वर्षा हुने तथा हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने महाशाखाले बताएको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भएर बिस्तारै उत्तर–पश्चिम दिशातर्फ अघि बढिरहेको फानीले भारतमा भने धेरै असर गर्ने अनुमान मौसमविद्को छ । शुक्रबार अपरान्हपछि नेपालमा पनि यसको असर देखिन सक्ने भएकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Womui
Womui