श्रीलङ्का बिस्फोटः मुख्य संदिग्धका आमा–बुवाको मृत्यु

85

एजेन्सी
काठमाडौं, बैशाख १६ । श्रीलङ्कामा ईस्टर आइतबार भएको आत्मघाती बिस्फोटका मुख्य संदिग्ध जहरान हाशिमका पिता र दुई भाइ सुरक्षा बलको एक अपरेशनमा शुक्रबार मारिएका छन् ।

पुलिसका अनुसार हाशिमकी आमा पनि मारिएकी छिन् । द हिन्दुका अनुसार शुक्रबार राती पूर्वीय अम्पारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा हाशिमका बुवा र दुई भाइको मृत्यु भएको पुलिसले आइतबार जानकारी दिएको छ ।हाशिमले कोलोम्बोस्थित साङ्ग्रीला होटलमा आत्मघाती बम बिस्फोट गराएका थिए ।

श्रीमती र छोरीको उद्धार

शनिबार गरिएको अपरेशनमा एक महिला र चार वर्षीया बालिकाको उद्धार गरिएको छ । पुलिसले स्रोतले हिन्दुलाई दिएको जानकारीमा उनीहरु हाशिमकी श्रीमती र छोरी भएको बताएको छ ।हाशिम इस्लामिक ग्रुप नेशनल तैहादी जमात (एनटीजे) को नेता बताइन्छ । यो संगठनमाथि अब प्रतिबन्ध लगाइएको छ ।गत आइतबार भएको हमलामा होटल र चर्चलाई निशाना बनाइएको थियो जसमा कम्तीमा २५० मारिएका थिए ।हमला पछि देशभरीका सबै चर्चमा आइतबार आयोजना गरिने प्रार्थना सभा रद्ध गरिएको छ ।यद्यपी, आइतबार सेन्ट एन्थनी चर्च बाहिर मानिसहरु प्रार्थनाका लागि जुटे । यो चर्च गत आइतबारको हमलामा नराम्रोसँग क्षतीग्रस्त भएको थियो ।

कसरी मारिए आफन्तः

श्रीलङ्का पुलिसका अनुसार शुक्रबार हाशिम बस्ने गाउँ कट्टनकुडीमा सुरक्षा बलले कारवाही गरे । पुलिस हाशिमको घर पुग्नेबित्तिकै सुरक्षाकर्मीमाथि बन्दुकमार्फत् हमला गरियो ।तीन जनाले आफूलाई बमले उडाए जसमा ६ बच्चा र तीन महिलाको मृत्यु भयो । गोलीबारीमा अन्य तीनजनाको पनि मृत्यु भयो ।हमलाको तार एनटीजे नामको एक समूहसँग जोडिएको छ ।यो समूहबारे निकै थोरैलाई मात्र जानकारी थियो ।यद्यपी, एनटीजे वा अन्य कुनै पनि समूहले अहिलेसम्म यी श्रृङ्खलाबद्ध बिस्फोटको जिम्मेवारी लिएको छैन ।तर पनि आरोप आफ्नै स्थानमा छ र एनटीजेबारे चर्चा जारी छ ।

एसएलटीजेबाट अलग्गिएर बनेको हो ?

सोमबार श्रीलङ्का सरकारका प्रवक्ताले जब पहिलो पटक यो समूहको नाम लियो तब यो एक अन्जान नाम थियो ।यो समूह श्रीलङ्काको कट्टरपन्थी इस्लामी समूह श्रीलङ्का तौहीद जमात (एसएलटीजे) बाट अलग्गिएर गठन भएको बताइएको छ ।एसएलटीजे पनि धेरै चर्चित त होइन तर पनि त्यसबारे केही जानकारी उपलब्ध छ । एसएलटीजेका सचिव अब्दुल राजिकलाई सन् २०१६ मा बौद्धधर्मी्विरुद्ध घृणा फैलाएको आरोपमा पक्राउ गरिएको थियो । पछि उनले यसका लागि माफी मागेका थिए ।

गत डिसेम्बरमा मध्य श्रीलङ्काको मोनेलामा बौद्ध मठमा भएको तोडफोड पनि केही रिपोर्टमा एसएलटीजेसँग जोडिएको थियो । त्यतिबेला मठ बाहिर राखिएका बुद्धको मूर्तीलाई निशाना बनाएको थियो ।श्रीलङ्कामा मुसलमान अल्पसंख्यक हुन् । देशको कूल जनसंख्याको सिर्फ ९.७ प्रतिशत नै मुसलमान छन् ।

Womui
Womui