छिनछिन खबर
काठमाडौं–लामो समयको सकसपछि जिल्ला नेतृत्व टुंग्याएको नेकपाले पोलिटब्यूरो सदस्यको सूचीय तयार पारेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम टुंगो लगाइसकेका छन् । टुंगो लगाएका नामहरु सचिवालय बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ । वरिष्ठ नेता माधव नेपाल देशबाहिर रहेका कारण पोलिटब्यूरोको टुंगो लाग्न सकेको थिएन । नेकपामा १४७ पोलिटब्यूरो रहने भएको छ । पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना पोलिटब्यूरो सदस्य बन्नेछन् । पूर्व एमालेबाट पुराना सवै पोलिटब्यूरो सदस्य बन्ने छन् भने बाँकी २० केन्द्रीय सदस्य वरिष्ठताका आधारमा चयन हुने सहमति भइसकेको छ ।
पूर्वएमालेको सूची
केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुषाल, प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुभाष नेम्बाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुजी पन्त, बेदुराम भुषाल, विष्णु रिमाल, रघुवीर महासेठ, अमृत बोहोरा, केशव बडाल र पुष्प कँडेल स्वतस् पोलिटब्यूरो सदस्य हुँदैछन् ।
त्यस्तै पूर्व पोलिटब्यूरो सदस्यहरु काशिनाथ अधिकारी, डा। गंगालाल तुलाधार, थममाया थापामगर, नागेन्द्र चौधरी, प्रदिप नेपाल, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौंलागाई, बिन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रबहादुर पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा। विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकूल घर्ती, गोरखबहादुर बोगटी, गौराप्रसाद कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, वंशिधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, शत्रुधन महत्तो र शेरधन राई स्वतस् पोलिटब्यूरो सदस्य बन्दैछन् ।
नयाँ अनुहारमा वरिष्ठतालाई आधार बनाइने सहमति भइसकेको छ । नयाँ अनुहारमा केदार न्यौपाने, नरेश खरेल, धर्मनाथप्रसाद शाह, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गुरु बराल, गोमा देवकोटा, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, राजेन्द्र राई, देवराज घिमिरे, विजय सुब्बा, वैजनाथ चौधरी, प्रमेश हमाल, भानुभक्त जोशी, रामचन्द्र यादव, जयन्ती राई, ममता गिरी, सुशीला नेपाल, केशवलाल श्रेष्ठ, शेरबहादुर तामाङ, श्रीप्रसाद शाह, ज्ञाबहादुर भुजेल, गरिमा शाह, चन्द्रबहादुर शाही, सुजिता शाक्य, नजिर मिया, चुडामणी जंगली विश्वकर्मा मापदण्डका दावेदार छन् ।
पूर्वमाओवादीको सूची
वर्तमान स्थायी समितिमा रहेका पूर्वमाओवादी नेताहरु स्वतः पोलिटब्यूरो सदस्य हुनेछन् । पूर्वमाओवादीमा बरिष्ठतालाई आधार बनाइएको छैन । पूर्वमाओवादीबाट स्वतः पोलिटब्यूरो सदस्यमा पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नी सापकोटा, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणी खनाल, पम्फा भुषाल, नारायण शर्मा पौडेल, हितमान शाक्य, कूलप्रसाद केसी, मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार, लिलामणी पोखरेल, दिननाथ शर्मा, हितराज पाण्डे, लेखराज भट्ट, विश्वनाथ शाह, डिलाराम आचार्य, उर्मिला आचार्य, श्रीराम ढकाल रहनेछन् ।
त्यसैगरी प्रभु शाह, टंक राई, गणेश शाह, रामचन्द्र झा, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, प्रल्हाद बुढाथोकी, परशुराम तामाङ, सुनिल मानन्धर, पासाङ शेर्पा, सुरेन्द्रकुमार कार्की, जोखबहादुर महरा, नारायणप्रसाद दाहाल, सन्तु दराईं, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालिबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुबेदी, हरिराज अधिकारी, टंक आङवुहाङ, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुबेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, अञ्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल पोलिटब्यूरो सदस्यका दावेदार हुन् ।
पूर्वमाओवादीमा सुरेश आलेमगर, महेश्वर दाहाल, अमृता थापा, सूर्यप्रकाश सुबेदी‘पथिक’, मायाप्रसाद शर्मा, पुराना वाम नेता नन्दकुमार प्रसाईं, पूर्व सभामुख ओनसरी घर्ती, कमल चौंलागाईंलाई पनि पोलिटब्यूरो सदस्यमा ल्याउनु पर्ने बाध्यता छ ।