राष्ट्रिय टोलीका कप्तान पारस ‘टप ४०’ मा

99

छिनछिन खबर
काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का टि–२० को बिश्वका अलराउण्डर खेलाडीहरुको सूचीमा ४० औं स्थानमा पुग्न सफल भएका छन् । आईसीसीले सार्वजनिक गरेको वरियतामा पारस ४० औं स्थानमा पुगेका हुन् । यसअघि उनी ७६ औं स्थानमा थिए । यूएईविरुद्धको सिरिज जितेपछि पारसको रेटिङ प्वाइन्टमा उल्लेख्य सुधार आएको हो । उनको ब्याटिङको सूचीमा समेत सुधार भएको छ । उनी पछिल्लो ब्याट्सम्यानहरुको सूचीमा ९० औं स्थानमा आइपुगेका छन् ।

उनको ब्याट्सम्यानतर्फ रेटिङ पोइन्ट ३०५ छ । यसअघि पारस अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यानतर्फ ९३ औं स्थानमा थिए । यस्तै नेपाली बलर सोमपाल कामी टि–२० तर्फ अलराउण्डमा ५१ औं स्थानमा छन् । यसअघि उनी ६४ औं स्थानमा थिए । टी–२० बलरको वरियतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१ औं स्थानमा छन् । बलिङतर्फ यसअघि सोमपाल ९४ औं स्थानमा थिए । सन्दीप लामिछाने बलिङ तर्फ ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् ।
Womui
Womui