दलालले सरकारलाई घेरिसकेः जनार्दन शर्मा

124

छिनछिन खबर
पोखरा–सत्तारुढ दल नेकपाका नेता जनार्दन शर्माले दलालले सरकारलाई घेरिसकेको बताएका छन् । उनले तीन तहका सरकार नै दलालको घेरामा रहेको बताए । स्थानीय, प्रदेश र केन्द्र सरकार दलालहरुको घेरामा परेको भन्दै उनले अब घेरा तोड्ने बेला आएको बताए ।

‘स्थानीय, प्रदेश र केन्द्र सरकार दलालहरुको घेरामा छन्, दलालहरुको घेरा तोड्न सकिएन भने समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन सक्दैन’, शर्माले भने ‘तीन तहमा रहेका दलालहरुका घेरा तोड्ने बेला यही हो ।’ दलालहरुले तीन तहका सरकार घेरेर राखेका कारण कम्यूनिष्ट सरकारले भनेजस्तो काम गर्न नसकेको बताए । तीन तहका सरकार सञ्चालकले सोच व्यवहार नबलेसम्म समृद्धि नआउने उनले प्रस्ट पारे ।

‘मेचलम्ची आउँछ भन्न लागेको दशकौ बित्यो, तरपनि आएको छैन, तामाकोशी आयोजनाको लागत दोब्वर भयो, तरपनि समयमा काम हुन सकेको छैन’, नेता शर्माले भने ‘त्यही काम निजी क्षेत्रले गर्दा हुने तर सरकारले गर्दा किन नहुने ? त्यसलाई कम्यूनिष्ट पार्टीको शक्तिशाली सरकारले चिर्नु आवश्यक छ ।’ उनले कर्मचारीप्रति पनि असन्तुष्टी जनाए । काम चोर प्रवृतिका कारण समस्या पैदा भएको भन्दै नयाँ कर्मचारी भर्ना गर्न आवश्यक रहेको बताए । ‘म ठोकेर भन्छु वर्तमान ब्यूरोक्रयाटसबाट अब देश चल्दैन, लोक सेवाबाट नयाँ कर्मचारी भर्ना गर्नु पर्दछ’, शर्माले भने ।

Womui
Womui