हिमालयन कार्गो विरुद्ध विशेष अदालतमा मुद्दा, पतिपत्नी मिलेर कमाए झण्डै २४ करोड गैरकानुनी सम्पत्ति

82

छिनछिन खबर
काठमाडौं,बैशाख १२ । हिमालयन कार्गो्विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।हिमालयन कार्गोका प्रोपाइटर मधु चौधरीको श्रीमानले राजस्व चुहावट गरी मधु चौधरीको नाउँमा गैह्र कानुनी सम्पति आर्जन गरेको भन्दै बिशेष अदालत काठमाडौमा सम्पत्ति शुद्धिकरण अभियोगमा मुद्दा दायर भएको हो ।

हिमालयन कार्गो नेपाल (स्थायी लेखा नम्बर ३०१७९७८६३) र मधु कुमारी चौधरीको नाममा हिमालयन कार्गो दर्ता छ । यसले ९ वर्षदेखि राजस्व चुहावट गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएको छ । फर्मका प्रोपाइटर मधु कुमारी चौधरीका पति भारतीय नागरिक विनोद कुमार गुप्ता हुन् ।सम्पत्ति शुद्धिकरणको कसुरमा राजस्व अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरण विभागलाई २०७५ भाद्र २० गते छानविन गर्नु भन्दै पत्र पठाएको थियो । सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्दा २३ करोड ९५ लाख ६८ हजार १३१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भेटिएको हो । पति पत्नी दुबै मिलेर भारतीय नागरिक विरेन्द्र महतोको समेत संलग्नतामा कसुर गरेको भेटिएको छ ।

उनीहरुले फर्मका कर्मचारीको नाममा समेत १० करोड १० लाख २० हजार ९ सय ४१ रुपैयाँ बैंक खातामा जम्मा गरिदिएको भेट्एिको विभागले जनाएको छ ।साथै, काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा २०६५ साल पछि घरजग्गामा ८ करोड ३० लाख ३० हजार ८ सय लगानी गरेको, मधुकुमारी चौधरी एकल संचालक रहेको मंगला रियलस्टेट प्रा.लि. मा २ करोड लगानी र एप्पल पोलिमर्स प्रा.लिमा. २ करोड ५० लगानी रहेको र मधुकुमारी चौधरीका नाउँमा रहेको विभिन्न बैँक तथा वित्तीय संस्थाको शेयरमा ४ लाख ९७ हजार ४ सय ५९ लगानी गरी कसुर गरेको पुष्टि भएको छ ।सम्पत्ती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम उनीहरु दोषि देखिएकाले विनोद कुमार गुप्ता र मधु कुमारी चौधरीलाई कुल वीगो. २२ करोड ९५ लाख ४९ हजार २ सय ४१ कायम गरी जरिवाना तथा सजाय गर्न काठमाडौ विशेष अदालतमा मुद्दा दर्ता भएको हो । बैंशाख १२ गते सो मुद्दा दर्ता भएको हो ।

Womui
Womui