नेपाली कांग्रेसको कोटाबाट नियुक्त कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

36

छिनछिन खबर
काठमाडौँ– नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए ।


कोइराला पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा नेपाली कांग्रेसको कोटामा राजदूत बनेका थिए । सरकारले कोइरालको कार्यशैली चित्त बुझ्दो नभएको भन्दै फिर्ता बोलाउने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा बाँस्कोटाले राम्रै कामका लागि कोइरालालाई फिर्ता बोलाएको बताए ।

Womui
Womui