हेलिकप्टर र जहाज ठोक्किँदा मृत्यु हुनेको सनाखत (नामसहित)

21

छिनछिन खबर
काठमाडौं–लुक्लामा उड्न लागेको विमान र हेलिकप्टर ठोक्किँदा निधन हुनेको सनाखत भएको छ । समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा निधन भएको हो ।

जहाज लुक्लाबाट रामेछापको लागि उड्न लागेको थियो । लुक्ला विमानस्थलका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै उपचारको क्रममा विमानस्थलका अर्का प्रहरी सहायक निरीक्षक रूद्रबहादुर श्रेष्ठको पनि ज्यान गएको छ ।

समिट एअरको जहाजल लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए । त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए । दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर होस्टेज घाइते छन् । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Womui
Womui