लुक्लामा जहाज र हेलिकप्टर ठोक्किए, पाइलटसहित चार जनाको मृत्यु

132

छिनछिन खबर
काठमाडौं– सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको जहाज र मनाङ एअरको हेलिकोप्टर ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन् ।

विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको प्रहरीले जनाएको छ । मनाङ एअरको हेलिकप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा जहाजसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए । सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए ।

Womui
Womui