कर नतिरेसम्म एनसेललाई नाफा लिन नदिनूः सर्वोच्च

28

छिनछिन खबर
काठमाडौं–सर्वोच्च अदालतले एनसेलको कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्नू भन्ने फैसलाको पूर्णपाठ तयार भएके छ । उक्त पाठ फैसलाको दुई महिनापछि एनसेलको कार्यालयमा पठाइएको छ । सर्वोच्चको पूर्णपाठ नआउँदा कर असुलीमा ढिलाइ भइरहेको थियो ।

सर्वोच्चको कर असुलीको पूर्णपाठ आएसँगै अब एनसेलको कर असुली गर्ने बाटो खुलेको हो । तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले माघ २३ मै गरेको फैसलाको पूर्णपाठ महान्यायाधिवक्ता कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइएको छ ।

पूर्ण पाठमा लाभ कर बुझाउने दायित्व टेलिया सोनेर स्वीडेनलाई नलागी एनसेललाई लाग्ने प्रष्ट पारिएको छ । एनसेलले २०७३ वैशाख २६ र २०७४ जेठ २१ मा पुँजीगत लाभकर वापत अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क वापत २ अर्ब २ करोड ६२ लाख बुझाइसकेको देखिएको फैसलामा उल्लेख छ ।

Womui
Womui