विप्लवमाथि प्रतिबन्ध लगाउनु गलतः देउवा

132

छिनछिन खबर
दाङ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेत्र विक्रम चन्द विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका छन् । प्रतिबन्धका कारण झन द्वन्द्व बढ्ने उनको भनाइ छ । त्यस्तै उनले सिके राउतलाई सरकारले तामझाम गरी वार्तामा ल्याउनु पनि ठीक नभएको बताए ।


सभापति देउवाले सीके राउतसँगको सहमति र विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने विषयमा सरकारले आफूसँग सल्लाह नगरेको बताए । विप्लव नेकपालाई प्रतिवन्ध लागाएर होइन वार्ता गरेरै समस्या समाधान गर्नुपर्ने उनले भनाइ छ । कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्ने प्रश्नमा देउवाले सरकारका गलत क्रियाकलापको शालीन तरिकाले विरोध गरिरहेको बताए । ‘हामीले सडक अवरुद्ध गरेका छैनौं, रेलिङ भाँचेका छैनौं, कतै आगो लगाएका छैनौं,’ उनले भने, ‘सभ्य तरिकाले सरकारलाई सचेत पार्ने काम गरिरहेका छौं । हामीले भन्ने हो भनेकै छौं, काम गर्ने त सरकारले हो ।’ भर्खरै काठमाडौंमा लगानी सम्मेलन सम्पन्न भए पनि देशमा लगानीको वातावरण नभएको उनले बताए ।

‘कसैले लुटको गीत गाउँदा पनि सरकार रोक लगाउँछ । गल्ती नभए किन डराउनु ? सबैलाई प्रतिबन्ध लगाएर हुन्छ  ?’ उनले भने । देशमा बढेको हिंसा, बलात्कार र अराजकता नियन्त्रण लगायतका काम सरकारले प्रभावकारी रूपमा गर्न नसकेको सभापति देउवको भनाइ छ ।

Womui
Womui