प्रधानमन्त्रीद्वारा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण, नेकपाका सांसदले एक दिनको तलब राहतका लागि दिने

97

छिनछिन खबर
बारा– प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । सोमबार झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन् । ओली भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आइपुगेका हुन् । उनले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । त्यस्तै प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए ।

हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका छन् ।

Womui
Womui