हावाहुरीबाट मृत्यु भएका परिवारलाई ३ लाख, घाइतेको उपचार प्रदेश सरकारले गर्ने

33

छिनछिन खबर
जनकपुर– हावाहुरीबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश २ सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गर्नुको साथै घाइतेको उपचार गर्ने समेत जनाएको छ ।

 

झण्डै ५ सय घाइतेको कलैया, वीरगञ्जलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । त्यस्तै घरबारबिहीन भएकाहरुको बसोबासका लागि आवश्यक पहल गर्ने पनि प्रदेश २ सरकारले निर्णय गरेको छ । घटनास्थलको अवस्था बुझ्न तथा अस्पतालमा घाइतेको अवस्था बुझ्न मुख्यमन्त्री लालबाबु राउत आफैं हिँडेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

Womui
Womui