अभिनेत्री रेखा थापाको टिममा तीन महँगा क्रिकेट खेलाडी

42

छिनछिन खबर
काठमाडौं– वुमन्स टी २० क्रिकेट लिगको पहिलो अक्सनमा १० महिला क्रिकेटर महँगो मुल्यमा बिकेका छन् । महँगा १० मध्ये तीन खेलाडीलाई अभिनेत्री रेखा थापाको टिमले खरिद गरेको छ ।

काठमाडौंमा भएको अक्सनमा ८० खेलाडी सहभागी थिए । तीमध्ये १० जना महँगो मुल्यमा बिक्री भएका छन् । नेपालको इतिहासमै पहिलो पटक वुमन्स टी २० क्रिकेट लिग हुन थालेको छ । लिग खेल्न चार टोली दर्ता भएका छन् । चार टोलीले ५२ खेलाडी बोलकबोलमा खरिद गरेका छन् ।

भैरहवा क्वीन्सले सोन खड्का, इन्दु बर्मा र बिन्दु रावललाई ७५ हजार मुल्य दिएर आफ्नो टीममा पारेको छ भने रेखा थापाको काठमाडौं सुपर च्याम्पियनले ममता चौधरी, सरिता मगर र रोमा थापालाई पनि ७५ हजार रकम दिएर टीममा लिएको छ ।

विराटनगर रोअरिङ लायोनेसले काजोल श्रेष्ठ, अप्सरी बेगमलाई ७५ हजार लियो भने धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योति पाण्डेलाई ७५ हजारमै लिएको छ । एनसिएल स्पोर्ट्सले आयोजना गरेको वुमन्स टी २० ले नेपाली महिला क्रिकेटरको क्षमता बृद्धि गर्ने लक्ष्य लिइएको छ ।

Womui
Womui