मधेसमा भीषण हावाहुरी, मृतकको संख्या ३१ पुग्यो

139

छिनछिन खबर
बारा– बारा, पर्सा र रौतहटमा आइतबार साँझको भीषण असिना र पानीसँगै आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

ती जिल्ला विभिन्न गाउँमा सोमबार विहानसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा बारामा २७ र पर्सामा ४ जना रहेका छन् । ५०० जनाभन्दा बढी घाइते भएको सुरक्षाकर्मीको अनुमान छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

घरमाथिको विद्युत्को पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । कलैया अस्पतालमा मात्रै मृतकको संख्या १६ पुगिसकेको छ ।

अन्य स्वास्थ्य संस्थाबाट पनि मृतकको संख्याबारे यकिन तथ्यांक निकाल्ने प्रयास भइरहेको छ । कलैया अस्पतालमा उपचार हुन नसकेकाहरुलाई वीरगन्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा रेफर गरिएको छ ।

Womui
Womui