प्रधानमन्त्री ओलीले भने– नेपालमा लगानी गर्नूस्, ढुक्कसाथ नाफा लैजानुस्

99

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गरेर ढुक्कसँग नाफा लैजान विदेशी लगानीकर्तालाई भनेका छन् । विदेशी लगानी भित्र्याउने विषयमा राजनीतिक दलहरुबीच मतैक्य रहेको समेत उनले बताए ।

लगानी सम्मेलनको उद्घाट्न गर्दै उनले संसदमा रहेका दलहरुबीच विदेशी लगानीको सम्बन्धमा मतैक्य रहेको बताएका हुन् । । जस अनुसार संसदले लगानी सुरक्षा सम्बन्धि कानुनहरु निर्माण गरेको जानकारी पनि प्रधानमन्त्री ओलीले लगानीकर्ताहरुलाई बताए । प्रधानमन्त्री ओलीले लगानीका लागि भर्जिन ल्याण्ड रहेको भन्दै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी ल्याउन आग्रह गरे । ‘नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ,’ उनले भने । जलविद्युत, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षेत्रमा प्रशस्त सम्भावना रहेको जानकारी पनि प्रधानमन्त्रीले बताए ।

नेपाललाई अति कम विकसित राष्ट्रबाट मध्यम आय भएको देशको रुपमा उक्लिन दोहोरो अंकको आर्थिक विकास आवश्यक भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि स्वदेशी पुँजी मात्रै पर्याप्त नभएको बताए । ‘हामीलाई दोहोरो अंकको वृद्धि हात पार्न ठूलो विदेशी लगानी आवश्यक छ, त्यसका लागि हामीले विदेशी लगानीलाई सहज रुपमा भित्र्याउन कानूनहरु संशोधन गरेका छौं, नयाँ कानून ल्याएका छौं,’ उनले भने– ’हामी नाफाको सम्मान गर्छौं, लगानीबाट प्राप्त लाभांश फिर्ता लैजान पनि रोक्दैनौं ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको साथ विना समृद्ध नेपाल, सुखी नेपालीको सपना पुरा नहुने भन्दै लगानीमैत्री कानूनहरु बनाइएको बताए । उनले विदेशी लगानीकर्तालाई दोहोरो करको मार पर्न नदिने आश्वासन पनि दिए । नेपाल भूराजनीतिक हिसावले पनि निकै महत्वपूर्ण ठाउँमा रहेको भन्दै उनले नेपालमा गरिने उत्पादन भारत र चीनजस्ता ठूला बजारमा सजिलै लैजान सकिने बताए । प्रधानमन्त्री ओलीले भारतसँग जलमार्गबाट पनि छिट्टै जाडिँने भन्दै चीनसँग पनि पारहवन प्रोटोकलमा छिट्टै हस्ताक्षर हुने र त्यसले लगानीलाई अझ सहज बनाउने विश्वास दिलाए । नेपालमा सस्तो जनशक्ति उपलब्ध रहेको भन्दै ओलीले दक्ष र सीपयुक्त जनशक्तिको पनि समस्या नरहेको भनाइ प्रधानमन्त्री ओलीको थियो ।

Womui
Womui