अनिल अम्बानीको साम्राज्य पतनको कहानी, विश्वको छैठौं धनाढ्यबाट दश बर्षमै कसरी झरे सय भन्दा तल ?

104

एजेन्सी–दश बर्षअघि विश्व अर्बपतिहरूको सूचिमा छैठौं नम्बरमा रहेका भारतीय धनाढ्य अनिल अम्बानीको अहिले सर्वत्र चर्चा छ । ४२ अर्ब डलरका मालिक अनिल अम्बानीको साम्राज्य कसरी पतन भयो त ? पिताको विरासतबाट उठेर विश्व अर्बपतिको टप टेनभित्र परेका व्यक्ति कसरी एकाएक धरासायी हन पुगे भन्ने कथा उद्यमी व्यवसायी र लगानीकर्ताहरुलाई पनि रोचक तथा सूचनामूलक हुनसक्ने भएर यो खोजपूर्ण कथा प्रस्तुत गरिएको छ ।

अम्बानीले एरिक्सन कम्पनीका लागि लिएको ऋण चुक्ता गर्न नसक्दा उनी झण्डै जेलको छिडीमा पुगेका थिए । तर, दाजु मुकेश अम्बानीले ५ अर्ब ५० करोड भारु तिरिदिएर तत्कालका लागि अनिललाई जेल जानबाट जोगाएपछि अनिलको साम्राज्य पतनतको खोजी भएको हो । अनिलका अन्य थुप्रैै कम्पनी पनि टाट पल्टने अवस्थामा रहेको भारतीय संचार माध्यमहरुको खोजीले देखाएको छ । उनको टेलिकम कम्पनी रिलायन्स कम्युनिकेसन्स पनि टाट पल्टने बाटोमा छ । कम्पनी स्वयंले लिक्युडेसन मार्फत ऋण तिर्ने बताइसकेको छ ।

त्यस्तै ऊर्जा क्षेत्रका कयौं कम्पनीहरुको हालत पनि ध्वस्त छ जसका कारण ती कम्पनीहरुले मूल्यवान सम्पति बेच्ने तयारी थालिसकेका छन् । अनिल अम्बानीको रक्षा कम्पनी रिलायन्स नोवल एण्ड इञ्जिनियरिङ पनि ऋणमा डुबेको छ भने पूर्वाधार भेन्चरहरुको लगानीको अवस्था पनि खराब छ । अनिल अम्बानीको एक मात्र वित्तिय कम्पनी रिलायन्स क्यापिटलले मात्र राम्रो प्रदर्शन गरिरहेको छ । यद्यपी सो कम्पनीले पनि कैयौं मौका गुमाएको छ । रिलायन्स क्यापिटल भन्दा पछि खुलेका बजाज फाइनान्स, श्रीराम क्यापिटल र क्यापिटल फस्र्टले केही वर्षको अन्तरालमा भारी प्रगति गरेका छन् ।

सन् २००८ को सर्वेक्षण अनुसार त्यसबेला अनिल अम्बानीसंग ४२ अर्ब डलरको सम्पति थियो भने उनी विश्वका छैठौं धनाढ्य थिए । जबकि अहिले अनिल अम्बानीका सूचिकृत ७ कम्पनीको मूल्यांकन करिब १३७४२ करोड भारु अर्थात १ अर्ब ३८ करोड डलर बराबर मात्रै छ । अनिल भारत भारतका धनाढ्यको सूचिमा ५० औं नम्बर भन्दा तल पुगेका छन् भने उनी फोब्र्सको अर्बपतिको सूचिमा टप सयको सूचिमा पनि पर्न असफल भएका छन् । अम्बानीको ऋणको अगाडि उनको सम्पति नगन्य जस्तो हन थालेको छ ।

अनिल अम्बानीका कम्पनीहरुले राजनीतिक दलका नेता, मिडिया तथा लेखकका विरुद्ध २८ वट मानहानीका मुद्दा हालेका छन् जसमा उनीहरुले ८०५०० करोड भारुको क्षतिपूर्तिको दाबी गरेका छन् । त्यसो त विगतमा अनिलले दाजू मुकेशविरुद्ध पनि मुद्धा हालेका थिए । सन् २००८ मा मुकेशले न्युयोर्क टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा भाइ अनिलको विषयमा गरेको टिप्पणीलाई लिएर अनिलले दाजुविरुद्ध मुद्दा हालेका थिए । जसमा उनले १० हजार करोड भारुको क्षतिपूर्ति खोजेका थिए भने दुई वर्षपछि उनले मुद्दा फिर्ता लिएका थिए । पिता धीरुभाई अम्बानीको सन् २००२ मा निधन भएपछि अनिल अम्बानी नै चल्तापूर्जा देखिएका थिए ।

ठूल्ठूला डिल गर्नेदेखि मिडिया र राजनीतिज्ञसंगको सम्बन्ध उनैले राख्ने गर्दथे । उनी निकै तेज तर्रार ब्यक्तित्वको लाग्ने गर्दथे जबकि दाजु मुकेश अम्बानी शान्त प्रकृतिका उद्यमी थिए । जब सन् २००५ मा धीरुभाई अम्बानीको साम्राज्यको दुई दाजुभाइमा अन्तिम बाँडफाँड भयो । मुकेश अम्बानीको भागमा पेट्रोकेमिकल, टेक्सटायल, रिफाइनरी र ग्यास तेलको ब्यापार प¥यो भने भाइ अनिलको भागमा टेलिकम, ऊर्जा, पूर्वाधार र वित्त ब्यापार प¥यो । सम्पति बाँडफाँडपछि दुवै दाजुभाइ आ–आफ्नो ब्यापार विजनेस बढाउन तल्लिन भए । दाजु मुकेशले खुद्रा ब्यापारमा हात हाले जबकि त्यतिबेला खुद्रा ब्यापार क्षेत्रलाई खासै संभावनायुक्त क्षेत्र मानिदैन्थ्यो ।

ब्यापार बढाउन ठूलो ऋण लिएका मुकेशले सन् २०१२ सम्म आइपुग्दा सबै ऋण चुक्ता गरिसकेका थिए । मुकेशले रिलायन्स रिटेलमा पनि लगानी गरेका थिए ताकि मार्केट शेयरको बाजी मार्न सकियोस् । अर्कोतर्फ अनिल अम्बानी ठूल्ठूला योजना बुनिरहेका थिए । उनको सपना टेलिकम, ऊर्जा, पूर्वाधार र यहाँ तक कि मनोरञ्जन क्षेत्रमा उनी सबैभन्दा ठूलो खेलाडीको रुपमा उदाउन चाहन्थे ।

बारम्बार चुके अनिल
सन् २००८ मा अनिलको रिलायन्स पावरले त्यति बेलासम्मको सबैभन्दा ठूलो आइपीओ जारी गर्दै ११५६३ करोड भारु जम्मा पारेको थियो । जसमा १३ वटा ग्यास, कोइला र २८२०० मेगावाट जलविद्युत् आयोजना सामेल थिए । यिनीहरुमा ७४८० मेगावाटको दादरी ग्यास परियोजना सबैभन्दा ठूलो थियो जसमा मुकेश अम्बानीको फिल्डबाट न्युन दरमा ग्यास लिने योजना थियो ।

तर उक्त आयोजनाले मुकेशको कम्पनीबाट ग्यास पाउन सकेन । मुकेशले पारिवारिक सम्झौतामा तय भएको दरमा अनिललाई ग्यास दिन नसक्ने बताए । उनीहरुबीच सरकारी दर भन्दा झण्डै आधा मूल्यमा ग्यास किनबेचको सम्झौता भएको थियो । अनिलले अदालतमा मुद्दा हाले । तर अदालतले पनि सरकारी नीतिलाई प्रभावित गर्ने गरी कुनै पारिवारिक सम्झौताको अर्थ नहुने फैसला गर्यो । फलतः अनिलको दादरी ग्यास आयोजना सुरु नै हुन सकेन ।

यस्तै कोइलाको सम्बन्धमा पनि अनिल अम्बानीको अनुमान फेल खायो । रिलायन्स पावरले तिलैया अल्ट्रा मेगा पावर आयोजना संचालनका लागि बनाएको स्पेशल पर्पज भेहिकल गत बर्ष बेचिसकेको छ । जुन झारखण्ड ऊर्जा विकास निगमबाट ११२ करोडमा खरिद गरिएको थियो । त्यस्तै आन्ध्र प्रदेशमा संचालन गर्ने भनिएको कृष्णपट्नम अल्ट्रा मेगा पावर प्रोजेक्टबाट पनि बाहिरिएको जानकारी रिलायन्स पावरले दिइसकेको छ ।

आयातित कोइलामा आधारित यी दुबै आयोजनामा अनिलले मार खानुमा सन् २०१२ मा इण्डोनेसियाले कोइलाको भाउ बढाउनु पनि कारण थियो । यस्तै ३९६० मेगावाटको चित्रञ्जी प्रोजेक्टको नियती पनि उस्तै भयो । कम्पनीले ससान अल्ट्रा मेगा पावरलाई छुट्याइएको कोइला खानीबाट कोइला खरिद गर्ने योजना बनाएको थियो । तर टाटा पावर सरप्लस अम्बानीको उक्त योजनाविरुद्ध अदालतमा पुग्यो ।

सन् २०१४ मा सर्वोच्च अदालतले अल्ट्रा मेगा पावर प्रोजेक्टका लागि छुट्याइएको खानी अन्य कम्पनीहरुलाई दिन नमिल्ले फैसला दियो । त्यसपछि गत बर्ष उत्तर प्रदेश पावर कर्पोरेसनले चित्रञ्जी प्रोजेक्ट रद्द गर्दै रिलायन्स पावरको ७४ करोड भारुको बैंक ग्यारेन्टी जफत गरिदियो । यी सबै असफलता अनिल अम्बानीको गलत हिसाबकिताबको नतिजा थिए । तर समस्या अरु पनि थिए ।

कैयौं आयोजनाको लागत ऋणको रकम भन्दा माथि पुगिसकेको थियो । जस्तो कि ससान आयोजनाको लागत अनुमान भन्दा १ अर्ब ४५ करोड डलर भन्दा बढी पुगिसकेको थियो । यद्यपि रिलायन्स पावरले कृष्णपट्नम्, चित्रञ्जी र अन्य दुई ग्यासमा आधारित आयोजनाको काम जारी रहेको दाबी गर्न छाडेको छैन । रिलायन्स पावरका अधिकांश आयोजना सुरु हुनै पाएनन् । कम्पनीको ऋण पछिल्लो दश वर्षमा ५०० करोडबाट ३१७०० करोड भारु पुगिसकेको छ । कम्पनीले गत आर्थिक वर्षमा २९२६ करोड भारु ऋण तिरेको छ ।

गत वर्ष कम्पनीको नाफा ६ दशमलव २८ प्रतिशतले घटेर १०३५ करोड भारुमा झरेको छ । सबैभन्दा ठूलो आइपिओ जारी गरेको ११ वर्षपछि कम्पनीले भनेको छ कि ६ हजार मेगावाटको पावर जेनेरेसन एसेट्स् बन्द गरिएको छ जसमा ३९६० मेगावाटको ससान अल्ट्रा मेगा पावर प्रोजेक्ट पनि छ ।

टेलिकमको दुदर्शा
सन् २००८ मार्च १० तारिखमा रिलायन्स कम्युनिकेसन्सले आफ्ना ग्राहक तथा पत्रकारहरूलाई सन्देश पठाउँदै भनेको थियो कि सन् २००६ मार्च ६ मा ३०७ रुपैयाँ प्रति कित्ताबाट सुरु भएको रिलायन्स कम्युनिकेसन्सको शेयर मूल्य बढेर प्रतिकित्ता ८४४ रुपैयाँ पुगेको छ । उक्त दिन कम्पनीको कुल बजार मूल्य १,६५,९१७ करोड भारु पुगेको थियो ।

जबकि सन् २०१९ को मार्चमा रिलायन्स कम्युनिकेसन्सको शेयर मूल्य प्रतिकित्ता ५– ६ रुपैयाँ मा हल्लिरहेको छ । रिलायन्स कम्युनिकेसन्सको यो समस्या आफ्नै कारणले मात्रै उत्पन्न भएको भने होइन । कम्पनी सुरु गर्ने मुकेश अम्बानीले जीएसएम नेटवर्कको सट्टा सीडीएमए नेटवर्क सिस्टम प्रयोगमा ल्याएका थिए भने उनले प्रयोगकर्ता र शेयरको बजार मूल्य बढाउनका लागि निकै सस्तो दर कायम गरेका थिए ।

त्यसबेला रिलायन्स कम्युनिकेसन्स आफ्नो खुट्टामा त उभिएको थियो तर ऋणको भारी बोकेर । सीडीएमए प्रविधि जीएसएमको तुलनामा महंगो थियो जुन बर्वादीको सीधा बाटो थियो । अर्कोफर्त औसज प्रति युजर्स राजश्व १२० रहेको बेला ८० रुपैयाँमा सेवा दिनु अर्को बर्वादी थियो । जति जति प्रयोगकर्ता बढ्दै गए नोक्सान पनि चुलिंदै गयो । रिलायन्स कम्युनिकेसन्सले सरकारबाट दोहोरो प्रविधिमा आधारित स्पेक्ट्रम प्राप्त त गर्यो तर समय धेरै घर्किसकेको थियो ।

ऋण बढेर २५ हजार करोड भारु पुगिसकेको थियो भने एअरसेल, युनिनार लगायत अन्य कम्पनीले पनि लाइसेन्स पाएर प्रतिष्पर्धा बढिसकेको थियो । रिलायन्स कम्युनिकेसनले आफ्नो ब्यापार सम्हाल्ने भन्दा पनि आफू अनुकूल नीति बदल्नेतर्फ ध्यान दिएको आलोचकहरु बताउँछन् । अर्कोतर्फ दुई दाजुभाइबीच एउटै व्यापारमा प्रतिष्पर्धा नगर्ने समझदारी पनि तोडिइसकेको थियो । दाजु मुकेशले जियो नामको मोबाइल सेवा सुरु गरे । जियो सुरु हुनु रिलायन्सका लागि त घातक भयो नै एअरटेल, आइडिया, वोडाफोनलगायतका कम्पनी पनि निकै दबावमा आए ।

अनिलले एअरसेलसँग साझेदारी गर्ने कोशिस त गरे तर नियामक निकायबाट समयमै अनुमति पाएनन् । रिलायन्स कम्युनिकेसनले थुप्रै अनमोल सम्पति बेचेर ऋण तिर्ने कोशिस पनि नगरेको होइन । सन् २०१७ को डिसेम्बरमा रिलायन्स र जियोबीच २३ हजार करोड भारुको डिल पनि भएको थियो ।
ऊर्जा र टेलिकम्युनिकेसन आपैंmमा चुनौतीपूर्ण क्षेत्र हुन् । त्यसमाथि अनिल अम्बानीले डिफेन्स, सिमेन्ट, एअरपोर्ट, शिपयार्ड, सडक, सिलिंक, मेट्रो रेल, रियल स्टेट जस्ता पूर्वाधार क्षेत्र, मिडिया तथा मनोरञ्जन क्षेत्रमा पनि हात हाले ।

लिलामीमा आक्रामक बनेर उनले कैयौं कम्पनीहरु हात पनि पारे, तिनका लागि ऋण पनि जुटाए । तर तिनीहरुको कार्यान्वयनमा उनले नराम्रोसंग मार खाए । एक जना योद्धा जस्तो मानिने उद्यमी अनिल अम्बानीले अब आफ्नो गुमेको सम्पति र साखलाई आधा उचाईमा मात्रै पुर्याउने हो भने पनि उनले सवैभन्दा उत्तम डिल गर्नु जरुरी छ ।
स्रोत ः भारतीय संचार माध्यम

Womui
Womui