शाहरुखले प्रियंकालाई विहेको प्रस्ताव राखेको भिडियो भाइरल

108

एजेन्सी– बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाको एउटा भिडियो यतिखेर निकै भाइरल बनेको छ । जसमा शाखरुखले प्रियंकालाई विहेको प्रस्ताव राखेका छन् ।

प्रियंकाको विहेअघि शाखरुख खानसँगको सम्बन्धका विषयमा चर्चा थियो । उनीहरू फिल्म ‘डन’को सुटिङका क्रममा निकटता बढेको थियो । जुन शाखरुखकी पत्नी गौरीलाई पनि अवगत थियो । त्यसपछि उनले शाहरुखलाई प्रियंकासँग फिल्म खेल्न रोक लगाएकी थिइन् । भारतीय मिडियाका अनुसार शाखरुखलाई गौरीले प्रियंकासँग भेटघाटसमेत गर्न दिएकी थिइनन् ।

जसले गर्दा प्रियंका बलिउड छोडेर हलिउडतिर लागेको समाचार पनि आएका थिए । अहिले भने करिब दुई दशकअघिको भिडियो भाइरल भएको हो । जति बेला प्रियंका मिस इन्डियाको प्रतियोगी थिइन् र शाहरुख त्यसमा जज थिए । त्यही बेला शाहरुखले प्रश्न सोधेका थिए, ‘तपाई कोसँग बिहे गर्नु हुन्छ ? खेलाडी वा व्यापारी या मजस्तो कलाकारसँग ?’ जसको उत्तरमा प्रियंकाले खेलाडीलाई रोज्ने बताएकी थिइन् ।

Womui
Womui