हेमन्तप्रकाश वलीसहित ९ जनाविरुद्ध संगठित अपराधविरुद्धको मुद्दा

35

छिनछिन खबर
काठमाडौं,चैत १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीसहित ९ जनालाई संगठित अपराध विरुद्धको मुद्दा अन्तर्गत म्याद थप गरिएको छ । आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरुविरुद्ध संगठित अपराध विरुद्धको मुद्धामा थप ८ दिन थुनामा राख्ने आदेश दिएको हो ।

नेता वलीसहित ९ जनालाई शनिबार काभ्रेको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको थियो । नेकपाका मध्य कमाण्ड इन्चार्ज समेत रहेका वलीविरुद्ध ललितपुरको नख्खुमा रहेको एनसेल प्रालिको मुख्यालयमा शक्तिशाली वम विष्फोट गराउनमा जिम्मेवार रहेको प्रहरीको आरोप छ । फागुन १० गते भएको उक्त विष्फोटको जिम्मा वलीले लिएका थिए ।नेता वलीसँगै नेकपाका कार्यकर्ताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी मुद्धा चलाउन प्रहरीको तयारी छ ।

Womui
Womui