सकियो संसदको तेश्रो अधिवेशन

38

छिनछिन खबर
काठमाडौं,चैत १० । संघीय संसदको तेश्रो अधिवेशन आईतबार रातीबाट समाप्त हुँदैछ । आईतबारको प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले तेश्रो अधिवेशन अन्त्य सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

पुस ११ गते सुरु भएको यस अधिवेशन अन्तर्गत प्रतिनिधिसभातर्फ ३२ दिनमा ४६ वटा बैठक बसेका छन् । अधिवेशनमा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा ८ वटा विधेयकहरु बैठकमा अझै प्रस्तुत हुन सकेका छ्रैनन् । ७ वटा विधेयक विषयगत समितिहरुमा विचाराधिन छन् ।‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक, २०७५’ माथि राष्ट्रियसभाबाट संशोधन सहित प्राप्त भएको जानकारी सभामा टेबुल भएको छ र अन्य ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न ७ वटा विधेयक मध्ये ४ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन् । २ वटा विधेयक समितिमा विचाराधीन छन् ।

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि छलफल गरी २०७५ पुस १७ गतेको बैठकबाट स्वीकृत भएको थियो ।अधिवेशनमा सडक सुरक्षा, स्वास्थ्य बिमा र छाउपडी विरुद्धका कानुन कार्यान्वनको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भए ।यस अधिवेशनमा प्रधानन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम पनि सुरु भएको थियो । साथै विभिन्न मन्त्रालयका बारेमा सम्बन्धीत मन्त्रीसँग सांसदहरुले प्रश्नोत्तर कार्यक्रममा सहभागी भए ।त्यसैगरी यसअधिवेशनमा विभिन्न संवैधानिक निकायका बार्षिक प्रतिवेदन पेश भएका थिए ।

Womui
Womui