अपहरण गरी हत्यामा संलग्न ब्यक्ति ६ वर्षपछि पक्राउ

113

नेपालगन्ज, चैत ७-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी २२ बर्षिय मुन्नु अन्सारीलाई अपहरण गरी हत्यामा संलग्न बाँके, जानकी गाउँपालिका वडा नम्बर ३ ईन्द्रपुरका ५० बर्षिय ‘मुल्ला’ भन्ने निजामुद्धिन साईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत जमुनाहा नाकाबाट प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर उनलाई सार्बजनिक गरिसकेको छ ।

जिप्रका बाँकेका अनुसार २०६९ असार २६ गते मुन्नुलाई निजामुद्धिन सहितको समुहले अपहरण गरेर भारतमा पुर्याई बन्धक बनाएर परिवारबाट ९ लाख फिरौती रकम असुलेको थियो । रकम असुली पश्चात सकुशल छाड्ने बताएपनि मुन्नुलाई हत्या गरेको थियो । अपहरण तथा शरिर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उक्त घटनामा संलग्न मध्ये ईन्द्रपुरकै रंगौ भन्ने रिजवान साई यसअघि नै पक्राउ परी हाल कारागार शाखा नेपालगन्जमा छन् । घटनामा संलग्न कम्दी निवासी २८ बर्षिय बकरिदी शेख, सोही ठाउँका २२ बर्षिय झल्लु धोबी, भारत बहराईच मिहीपुर्वा थाना मोतिपुर बस्ने ३० बर्षिय ईरसाद खान, सोही ठाउँका ३८ बर्षिय मोईन कुरेसी र ३८ बर्षकै सिराजुल रहमान अन्सारी फरार रहेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ईन्द्रपुर निवासी सुष्मा बर्मा साधारण तारेकमा र भवानियापुर ८ बस्ने प्रमोद गिरी भने अदालतको पुनरावेदनबाट छुटिसकेका छन् । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले अपराध गरी जति वर्ष लुकेर बसेपनि कानुनले कसैलाई पनि नछाड्ने बताए । उनले भने, ‘अपराध गरेको ब्यक्ति जति दिनसम्म लुकेर बसेपनि एक दिन अवश्य पनि कानुनी कट्घरामा उभिन्छन् ।’

Womui
Womui