जनताको जलविद्युत् कार्यक्रम सुरु, त्रिशूली–३ ‘बी’ को सेयर निष्कासन

124

छिनछिन खबर
काठमाडौं– जनताको जलविद्युत् कार्यक्रम सुरु थरिएको छ । जस अनुसार पहिलो पटक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाका लागि साधारण सेयर निष्कासन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सुरु सेयर भर्ने गरी निष्कासन गरिएको हो । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गतको आयोजनामा छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ ।

सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ७५ प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ । कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ ।

यसमध्ये ३ प्रतिशत सेयर (१ लाख ११ हजार १ सय ५० कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ । आयोजनामा अहिले नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर स्वामित्व छ । बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याइएको छ ।

Womui
Womui