गृहले भीआइपीलाई भन्यो–विप्लव समूहको सुरक्षा थ्रेट छ, सार्वजनिक कार्यक्रममा जाँदा सतर्कता अपनाउनू

53

छिनछिन खबर
काठमाडौं–गृहमन्त्रालयले सार्वजनिक सभा, समारोहमा जाँदा सर्तकता अपनाउन भीआइपी र भीभीआइपीलाई आग्रह गरेको छ । प्रतिबन्ध लागेको विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा थ्रेट रहेको भन्दै गृहमन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको हो ।

गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई सार्वजनिक कार्यक्रममा जाँदा सतर्कता अपनाउन आग्रह गरेका छ । मन्त्रालयले भीभीआइपी र भीआइपीलाई अहिलेको अवस्थालाई ध्यानमा राखेर मात्रै कार्यक्रममा जान पत्राचार गरेको छ । जस्तो सुकै कार्यक्रममा नजान र जानै पर्ने कार्यक्रममा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुलाई कार्यक्रम निमन्त्रणा दिन आउनेहरुलाई सम्बद्ध पक्षले सुरक्षा थे्रट रहेको जानकारी गराउँदै आएको छ । सुरक्षा संयन्त्रको विश्लेषण अनुसार पूर्व माओवादीबाट आएका नेता, मन्त्रीहरुलाई बढी थ्रेट रहेको छ । सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधि प्रतिबन्धित घोषणा गरेसँगै प्रहरीले देशव्यापी सुरक्षा सतर्कता बढाएको छ । दुर्गम भेगका प्रहरी चौकीमा आक्रमण हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन निर्देशन दिइएको बुझिएको छ ।

Womui
Womui