रेखा थापाको फिल्ममा अभिनय गरेका सुदर्शन गौतम ठगी धन्दामा, गौतमले यसरी ठगी गरे बेरोजगार युवाको करोडौं रकम

243

छिनछिन खबर
काठमाडौं–चर्चित अभिनेत्री रेखा थापाले बनाएको चलचित्र हिम्मतवालीमा हिरो बनेका सुदर्शन गौतम बेरोजगार युवालाई ठगी गर्ने धन्दामा लागेको पाइएको छ । क्यानडामा बसोबास गर्ने आवासीय अनुमति र अमेरिकाको ग्रीन कार्ड पाएका गौतमले युवालाई विदेश लैजाने नाममा करोडौं रकम ठगी गरेको प्रहरीले जनाएको छ ।


दुई हात गुमाएका गौतमले सगरमाथा आरोहण गरेपछि उनी चर्चामा आएका थिए भने त्यही बेला उनले रेखा थापाको ब्यानरमा बनेको चलचित्रमा अभियन गरेका थिए । चलचित्रमा अभिनय गरेपछि कलाकार बनेका गौतमले त्यही पेशालाई लिएर ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ । कलाकारका नाममा क्यानडा र अमेरिका लैजाने भन्दै दाङदेखि रोल्पासम्मका युवालाई ठगी गरेको प्रहरीले जनाएको छ । गौतमले ठगीको धन्दा सञ्चालन गरेपछि उनी नेपाल फर्किन सकेका छैनन् भने प्रहरीले फरार सूचिमा नाम राखेको छ । अमेरिका र क्यानडामा बस्दै आएका गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) लाई पत्राचार गरिसकेको छ ।

काठमाडौ जिल्ला अदालतले गौतमलाई ३ साउनमा पक्राउ पूर्जी जारी गरेको थियो भने २३ साउनमा नेपाल प्रहरीले इन्टरपोललाई पत्र लेखेको थियो । त्यसयता इन्टरपोलसँग नियमित सम्पर्क भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्न पत्राचार गरेपनि इन्टरपोलले अझै नोटिस जारी गरेको छैन । नेपालबाट फरार भएका गौतमलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहायता लिएको छ । अमेरिका र क्यानडा लैजानेभन्दै युवाहरुको मानव तस्वकरी गरिरहेका गौतमले करोडौ रकम ठगी गरेका छन् । केही समयअघि मात्र उनीबाट दाङका पाँच युवा ठगिएका छन् ।

क्यानडा लैजाने नाममा उनीहरुलाई समुद्रीक बाटोबाट पाँच देश पु¥याइयो । अन्ततः उनीहरु ६ महिना विदेशी जेलमा बसेर नेपाल फर्केका छन् । उनीहरु ६ महिना जेलमात्र बसेनन् करोडौ रकम पनि गुमाएको प्रहरीले जनाएको छ ।

Womui
Womui