लगानी जुटाउन लागि छनोटमा परे १३ जलविद्युत् आयोजना

179

छिनछिन खबर
काठमाडौं– लगानी जुटाउनका लागि लगानी बोर्डले १३ जलविद्युत् आयोजना छनोट गरेको छ । यही चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमार्फत ५ हजार ५ सय मेगावाट उत्पादन क्षमता बराबरका १३ वटा जलविद्युत आयोजना छनोट गरिएका हुन् ।

सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउनका लागि नेपालले तयार पारेको ‘प्रोजेक्ट बैंक’ को सूचीमा कुल ४३ वटा आयोजनाहरु छनोट गरिएका छन् । जसमध्ये, जलविद्युततर्फ लगानी बोर्डअन्तर्गत रहने गरी ७ वटा आयोजना र निजी क्षेत्रबाट ६ वटा आयोजनाहरु छनोट गरिएको लगानी बोर्डले जनाएको हो । बोर्ड मातहतमा रहेर लगानी भित्र्याउन खोजिएका आयोजनाहरुमा पश्चिम सेती, तमोर, सुनकोशी–२, सुनकोशी–३, सेती रिभर (एसआर)(६, उत्तरगंगा र फुकोट कर्णाली जलविद्युत रहेका छन् । पश्चिम सेती जलविद्युत् आयोजना ७ सय ५० मेगावाट, तमोर ७ सय ६३ मेगावाट, फुकोट कर्णाली ४ सय २६ मेगावाट, उत्तरगंगा ८ सय २८ मेगावाट, एसआर ७ सय ७६ मेगावाट, १ हजार १ सय १० मेगावाटको सुनकोशी–२, र ५ सय ३६ मेगावाटको सुनकोशी–३ आयोजना छनोट भएका छन् । यी ७ वटै आयोजनाको उत्पादन क्षमता कुल ५ हजार १ सय ५७ मेगावाट हुन्छ ।

त्यसैगरी, निजी क्षेत्रबाट अघि बढ्न लागेका त्रिशुली गल्छी, तल्लो वरुण, मध्य कालीगण्डकी, माथिल्लो चमेलिया, इङ्वाखोला र म्याग्दीखोला जलविद्युत आयोजना रहेका छन् । निजी क्षेत्रले विदेशी लगानी भित्र्याउन खोजेका आयोजनाहरुमा त्रिशुली गल्छी जलविद्युत आयोजना ३० मेगावाट, मध्य कालीगण्डकी ५३.६ मेगावाट, माथिल्लो चमेलिया ४० मेगावाट, इङ्वा खोला १८ मेगावाट, तल्लो वरुण १ सय ३२ मेगावाट र म्याग्दीखोला ५७.३० मेगावट उत्पादन क्षमता बराबरका रहेका छन् । यसरी निजी क्षेत्रबाट ३ सय ३० मेगावाट उत्पादन क्षमता बराबरका आयोजनामा विदेशी लगानी खोज्ने सरकारको तयारी छ । सरकारले केही समयअघि ’जनताको जलविद्युत कार्यक्रम’ मा समावेस गरेको फुकोट कर्णाली जलविद्युत आयोजनालाई पनि लगानी बोर्डले विदेशी लगानी भित्र्याउनका लागि तयार पारिएका आयोजनाहरुको सूचीमा समेटेको छ ।

Womui
Womui