वडाअध्यक्ष सुनारले सिफारिस रोक्न खोजेपछि विवाद

103

खजुरा (बाँके), फागुन २८-

खजुरा गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकविर सुनारले सहजै हुनुपर्ने काममा पनि सिफारिस नगरेर नागरिकलाई सेवासुविधाबाट बञ्चित गराएको खुलेकोछ । वडा अध्यक्ष सुनारले आफूलाई सहयोग नगरेको भन्दै कानून विपरित सिफारिस समेत रोक्ने गरेको पाइएको छ । वडा अध्यक्ष सुनारले आईतबार समशानघाट ब्यवस्थापन समिति ईगाउँ दर्ताका लागि सिफारिस लिन पुगेका अध्यक्ष उज्जवल विसीलाई गाउँपालिकाको केन्द्रबाट सिफारिस लिनु भन्दै आफुले सिफारिस नदिने दादागीरि शैलीमा फिर्ता पठाएका थिए ।
आफूलाई अध्यक्ष भन्दा पनि ‘डन’ दृष्टिले हेर्ने अध्यक्ष सुनार यसअघिपनि सरकारी मापदण्ड विपरित लोलर खरिद लगायतका काममा विवादित बनेका थिए ।

समितिका अध्यक्ष विसी र वडा अध्यक्ष सुनारबीच सिफारिसका विषयमा चर्काचर्की समेत परेको थियो । त्यसको केही घण्टापछि चौतर्फी दबाब पर्दा समितिका सल्लाहकार मानबहादुर सिंह ठकुरी पुनः सिफारिस लिन वडा कार्यालय पुगेका थिए । दोश्रोपटकमा मात्र वडा अध्यक्ष सुनारले सिफारिस दिएको विसीले बताए । यस विषयमा गाँउपालिका कार्यालयमा ईगाउँबासीले सो सम्बन्धमा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको ध्यानाकर्षण गराएका थिए । अधिकांस वडाबासीलाई अपायक पर्नेगरी घरनजिकै भाडामा वडा कार्यालय संचालन गरिरहेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले सेवाग्राहीलाई भने यो या त्यो बहानामा सास्ती दिदै आएको स्थानीय बताउँछन् ।

बागेश्वरी गाविसको साविक वडा नम्बर ७,८ र ९ का स्थानीय बासिन्दाले एक नम्बर एफगाउँ सडक कालोपत्रे गरिदा अन्य वडामा झै ३.७५ मिटर कालोपत्रे हुनुपर्ने माग गर्दै आएकोमा आइतबार गाउँपालिकामा ध्यानाकर्षण गराउन पुगेका थिए । स्थानीयको मागपछि गाउँपालिकाले कालोपत्रे ३.७५ मिटर नै हुने गरि पुनः स्टिमेट तयार पार्ने तयारी गरेपछि वडा अध्यक्ष सुनार साविको वडानम्बर ७,८ र ९ का अगुवासँग रिसाउँदै सिफारिस नदिने धम्की दिएका हुन् । सडक कालोपत्रे ३.७५ मिटर भएमा एफगाउँसम्म पुग्ने नेकपाका नेता देवराम विसीले बताए । तर वडा अध्यक्ष सुनारले ५.५ मिटर कालोपत्रे गरी डिगाउँमै सिमित गर्न खोजेको दावी गरिएको छ । उक्त सडकमा कालोपत्रेका लागि साविक ७,८ र ९ का अगुवाले नेकपा सांसद नन्दलाल रोकायको घरमै धर्ना दिएका थिए । गाउँपालिकाले दुई करोड र निर्वाचन क्षेत्र पुर्वाधारको एक करोड वजेटमा सडक कालोपत्रे हुन लागेको हो ।

यसैगरी स्थानीयले सडक १२ मिटर चौडाईको कायम गर्न समेत माग गरेका छन् । पार्वतीपुरका नेकपा नेता खड्ग ओलीले स्थानीयले माग राखेकै आधारमा सिफारिस दिन्न भन्नु कानून विपरित भएको दावी गरे । वडा अध्यक्ष सुनारले गत स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका क्रममा ईगाउँमा वडा कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचन जितेपछि घरनजिकै भाडामा वडा कार्यालय सञ्चालन गरेपछि बहुसंख्या वडाबासी समस्यामा परेका छन् । एफगाउँदेखि एक नम्बर सम्मका जनताको पाएकपर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने माग गरिएको नेकपा नेता विसीले बताए । पटक–पटक विवादमा मुछिदा समेत वडा अध्यक्ष सुनारको रवैया बदलिएन एक स्थानीयले भने बेकारमा मत दिएर गल्ति गरिएछ ।

  • सद्भाव डटकमबाट 
Womui
Womui