कोरिया रोजगारीका लागि आवेदन माग, सीप परीक्षण अनिवार्य

60

छिनछिन खबर
काठमाडौँ – दक्षिण कोरियामा रोजगारीका लागि परीक्षा दिन आवेदन फारम खुलेको छ । मंगलबार वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाले सूचना जारी गर्दै आवेदन फारम भर्न आह्वान गरेको हो । यो वर्ष कोरियाका लागि दश हजार ५० जनाको आवेदन मागिएको छ । जसअन्तर्गत उत्पादनमुलक र कृषि तथा पशुपालन क्षत्रमा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।


आवेदन फारम चैत ८ देखि १७ गतेसम्म भर्न सकिनेछ । ईपीयस परीक्षा शाखाले प्रथम चरणको भाषा परीषा २०७६ साल जेठ २५ र २६ गतेलाई तोकेको छ । इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार यो वर्षदेखि जुन कामका लागि जाने हो त्यसमा सीप परीक्षण समेत उत्तीर्ण गर्नुपर्नेछ । विगतमा सीप परीक्षण नगर्दा शिक्षित युवा कोरिया जाने र आत्महत्या गर्ने घटना वृद्धि भएको गुनासो आएपछि यसपटकेदि सीप परीक्षणलाई अनिवार्य गरिएको हो । अबदेखि गाईपालनका लागि जाने हो भने गाईपालन सम्बन्धि सीप जानेको हुनुपर्छ ।

केही वर्ष यता रोजगारीका लागि कोरिया जाने युवाको संख्या बढिरहेको छ । कोरिया जानेको मासिक न्यूनतम पारिश्रमिक एक लाख ७० हजार रुपैयाँ रहेकाले युवाको मोह बढ्द्र गएको भण्डारी बताउँछन् ।

Womui
Womui