विप्लवले ’क्रान्ति’ पार लगाउन सक्दैनन्ः नेकपा अध्यक्ष दाहाल

46

छिनछिन खबर
पोखरा–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवले क्रान्ति पार लगाउन नसक्ने ठोकुवा गरेका छन् । विप्लवले आफ्नै स्कुलिङमा राजनीति गरेको बताउँदै दाहालले अहिले नयाँ समय आएको र विगतको जस्तो मानसिकताबाट क्रान्ति पार नलाग्ने बताए । उनले भने, ‘जनतासँग गएर जनताका मुद्दा अहिलेको राजनीतिक परिपाटीबाटै हल गर्नुपर्छ । त्यसका लागि वार्ता र सम्वादको बाटो उपयुक्त हुन्छ ।’ पोखरामा पत्रकारहरू कुरा गर्दै दाहालले फरक प्रसंगमा सरकारसँग सम्झौता गरेपछि सीके राउत समूहले जनपुरमा गरेको प्रर्दशनबारे प्रश्न उठेको बताए । जनकपुर सिकेले गरेको प्रदर्शनबाट शंका गर्नुपर्ने केही ठाउँ देखिएको बताए ।


सञ्चारमाध्यममा सीके राउतसँग भएको सहमतिका विषयमा भएको चर्चाको विषय कोट्याउँदै भने, ‘अहिलेको सबैभन्दा नयाँ भनेको तराईंमा पृथकतावादी आन्दोलन गरिरहेको समूहसँग भएको सम्झौतापछि बजारमा एक खालको चर्चा चलेको छ । बाहिर आएको जस्तो भित्र कुरा भएको छैन । राउत समूहलाई संवैधानिक व्यवस्था अनुसार मूलधारको राजनीतिमा ल्याउन सरकारले यो सहमति गरेको हो ।’ सोही क्रममा उनले नेकपालाई मजबुद बनाउन पार्टीले आन्तरिक गतिविधि अघि बढाइरहेको पनि बताए । उनले शीर्ष नेताबीच मन नमिलेर भन्दा पनि केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले पार्टीको एकता प्रक्रिया केही लम्बिएको बताए । उनले भने, ‘नेताहरुबीच समस्या भएर एकता प्रक्रिया ढिलो भएको भन्दा पनि कैयौ प्राविधिक कारण मिलाउनुपर्ने भएकाले ढिलो थोरै ढिलो भएको हो । अब केहीदिनभित्रै एकताका सम्पूर्ण कुरा टुंग्याउने योजनासहित काम भइरहेको छ ।’

Womui
Womui