इथियोपिया जहाज दुर्घटनामा ज्यान गुमाउनेमा गोरखाकी युवती एकता अधिकारी पनि

89

छिनछिन खबर
काठमाडौं–इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने एक नेपाली नागरिक पनि परेको पाइएको छ । जहाज दुर्घटनामा ज्यानमा गुमाउनेमा नेपालको राहदानी बोकेकी गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ । असधकारी विश्व खाद्य कार्यक्रमका लागि इथियोपियामा कार्यरत थिइन् ।


विमान दुर्घटनामा अधिकारीसहित विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । इजिप्टस्थित दूतावासले आफ्ना ६ जना कर्मचारीमध्ये एकता पनि गरेको भन्दै विश्व खाद्य कार्यक्रमले जानकारी दिएको जनाएको छ । इथियोपियाको राजधानी आदिस अबाकबाबाट केन्याको नौरोबीतर्फ उडेको इथियोपियन एयरलाइन्सको विमान बिसोफ्टु सहरनजिकै पुगेपछि दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र ८ जना चालकदलका सदस्य थिए । दुर्घटनाग्रस्थ विमानमा ३५ देशका नागरिक र संयुक्त राष्ट्रसंघका प्रतिनिधि यात्रामा रहेको एयरलाइन्सले जानकारी दिएको छ ।

Womui
Womui