सिके राउतको सुरक्षामा खटिएका बुलेट प्रुफधारी को हुन् ?

30

छिनछिन खबर
जनकपुर–सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतका कार्यकर्ताले जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन् । राउत जनकपुर आउँदा बुलेटप्रुफधारी समूहले सुरक्षा गरेको थियो । जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्न पुगेका गठबन्धनका कार्यकर्ताले नाराबाजी गरे । स्वतन्त्र मधेश चाहियो भन्दै कार्यकर्ताले नारावाजी गरेका थिए ।


बिहिबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए । सम्झौता भएको दुई दिन नबित्दै गठबन्धनका कार्यकर्ताहरू जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जामा लिई स्वतन्त्र मधेसको नारा लगाए । राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरू विमानस्थललाई चारैतर्फबाट घेरा हालेका थिए । निजी सुरक्षा गार्डका साथै विमानस्थलबाट निस्केलगत्तै सयौं कार्यकर्ताहरूसँगै राउतले जनकपुर नगरको परिक्रमा समेत गरे । राउत विमानस्थलमा आइपुग्नु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट पु्रफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका छन् ।

कार्यकर्ताको भीडबाट उत्साहित देखिएका राउत विमानस्थलमा कसैसँग बोलेनन् । मालामात्र लगाएर निस्किए । राउत र सरकारबीचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका पत्रकारहरूसँग उनका निजी सुरक्षा गार्डले दुर्व्यवहार गरे । राउतसँग पत्रकारहरूले कुरा गर्न खोजेपछि गठबन्धनका कार्यकर्ताहरूले धकेलेका थिए ।

Womui
Womui