दुबई शैक्षिक भ्रमणमा गएका विद्यार्थीको निधनबारे छानबिन माग

141

छिनछिन खबर
काठमाडौं– शैक्षिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्सको दुबई गएको बेला निधन भएका सिरहा, मिर्चैयाका गौरव श्रेष्ठका अभिभावकले घटनाको छानबिन गर्न माग गरेका छन् । काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजमा गौरव स्नातक पहिलो वर्षमा अध्ययनरत थिए । दुबई शैक्षिक भ्रमणमा गएको बेला २० वर्षीय गौरवको फागुन २ गते निधन भएको थियो ।

शैक्षिक भ्रमणमा रहेको शिक्षिकाले गौरवको समुद्रमा डुबेर निधन भएको जानकारी दिएका थिए । गौरवका पिता महेन्द्र श्रेष्ठले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कलेजको लापरबाहीले छोराको निधन भएको बताए । उनले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीलाई कलेजले किन सहभागी गरायो भन्दै प्रश्न गरे । उनले कलेजले आफूमाथि समेत अभद्र व्यवहार गरेको गुनासो गरे । उनले उक्त घटनाबारे प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी दिएका छन् । उनले द ब्रिटिस कलेजले व्यापारका लागि विद्यार्थीलाई विदेश भ्रमणमा लैजाने गरेको आरोप लगाए ।

Womui
Womui