प्रादेशिक महोत्सव तताउँदै कलाकार

59
  • गायिका मेलिना राईको बेजोड प्रस्तुत

नेपालगन्ज, फागुन २३-
नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा बिहीबार गायिका मेलिना राईको गीतमा दर्शकहरु नाँचेका छन् । त्यस्तै अछाम निवासी सज्जन धामीका देउडा गीतले महोत्सव तताए । ‘म त गाउँकी गोरी रे, गोजीमा दाम छैन, रिटिङ रिटिङ , तीन बर्षमा एक मैनानी गाँउमा नआउनी’ जस्ता गीत गाएर राईले दर्शकलाई नचाएकी थिईन् । त्यसैगरी पछिल्लो समयका चर्चित हाँस्य कलाकार पोख्रेली धुर्मुस, डेउडा गायक सज्जन धामी लगायतले समेत उत्कृष्ट प्रस्तुती दिएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १९ गतेबाट स्थानीय सडक डिभिजन परिसर कारकाँदोमा महोत्सव चलिरहेको छ । महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको चौथो दिन बिहीबार दर्शकहरुको उत्साहजनक सहभागिता भएको प्रचार–प्रसार उपसमिति संयोजक टंकबहादुर धामीले जानकारी दिए । महोत्सवमा साँस्कृतिक कार्यक्रमका साथै ब्यापार व्यवसाय पनि बढेको प्रचार समिति उपसंयोजक चिरञ्जीवी ओलीले बताए ।

नारी दिवस समेत परेकोे शुक्रबार ख्याती प्राप्त कलाकारहरु महोत्सवमा सहभागी हुँदैछन् । गायक पशुपति शर्मा, यम बराल,कला लम्साल, म्याक्सीम खाती सहभागी हुँदै छन् । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले नारी दिवसको अवसर पारी टिकटमा महिलाहरुलाई विशेष छुट दिने भएको छ ।

Womui
Womui