राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

40

छिनछिन खबर
काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले बताए । संसदमा राजपा नेपालका १७ जना सांसद छन् ।

थरुहट आन्दोलनका क्रममा एक नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाको विषयलाई लिएर अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । दुई तिहाई बहुमत रहेको सरकारले संविधान संशोधन नगरेको तथा मधेस र थरुहट आन्दोलनका क्रममा पीडित भएकालाई न्याय प्रदान नगरेको, उनीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता नलिइएको र घाइतेहरुको उपचार नगराएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको महासचिव झाले बताए ।

राजपाले वर्तमान सरकारले बेरोजगारी समस्या समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असिना एवम् बाढीवीडितलाई राहत नदिएको, निर्मला पन्तको बलात्कार घटनालगायतमा सामेलन अपराधीलाई कारबाही नगरेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्न नसकेको लगायतका आरोप लगाएको छ । राजपाले समर्थन फिर्ता लिए पनि केपी शर्मा ओलीको सरकारलाई भने खासै असर गर्ने छैन ।

Womui
Womui