२१ वर्षीया युवती बनिन् स‌ंसारकै कान्छी अर्बपति

93

एजेन्सी
वाशिङटन–अमेरिकाकी २१ वर्षीया काइली जेनर संसारकी सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन् । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा उनी पर्न सफल भएकी हुन् । उनको श्रृंगारका सामानको व्यवसाय रहेको छ । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनले कान्छा अर्बपतिका रुपमा रहेका फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी हुन् । जुकरबर्ग २३ वर्षको उमेरमा अर्बपति भएका थिए ।


जेनरले सो सूचीमा पर्दा आफूलाई खुसी लागेको फोर्ब्ससँगको कुराकानीमा बताएकी छन् । सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पति सहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा परेका छन् । उनको सम्पति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको जनाइएको छ । अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी परेका छन् । अघिल्लो वर्षभन्दा यो वर्ष चौधरीको सम्पत्ति दुई अर्बले बढेको छ ।

Womui
Womui