नरैनापुर गाउँपालिकाद्धारा छात्रालाई साईकल वितरण

208

नेपालगन्ज, फागुन १९-
बाँकेको नरैनापुर गाउँपालिकाले शिक्षामा प्रोत्साहन गर्न छात्रालाई साईकल वितरण गरेको छ । नरैनापुरमा शनिबार आयोजित कार्यक्रममा गाउँपालिकाका ३ वटा माध्यामिक बिद्यालयका ५५ जना छात्रालाई साईकल वितरण गरिएको हो । स्थानीय जयकिसान माध्यामिक बिद्यालय गंगापुरका कक्षा १०, महेन्द्र मावि मटेहियाका कक्षा ९ र १० तथा आदर्श मावि लक्ष्मणपुरका कक्षा ८, ९ र १० का छात्रलाई साईकल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

सो क्रममा बोल्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षामा पछाडी परेको नरैनापुरमा छात्रालाई बिद्यालयसम्म आउन अभिप्रेरित गर्ने उद्देश्यले साईकल वितरण गरिएको बताए । आगामी बर्षमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ । बघौडाको शैक्षिक विकासका लागि आफू दत्तचित्त भएर लागेको दाबी गरे ।

सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित नरैनापुरमा शैक्षिक स्तर कमजोर छ । भारतीय सिमासँग जोडिएको उक्त ठाउँ सदरमुकाम नेपालगन्जभन्दा टाढा छ । मधेसी समुदायको बसोबास रहेको उक्त क्षेत्रका बिद्यालयमा छात्राको संख्या एकदमै न्युन हुन्न्छ । सानै उमेरमा बिबाह गरिदिने भएका कारण छात्राहरु उच्च शिक्षा पढ्न पाउँदैनन् ।

Womui
Womui