नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चालन

116

नेपालगन्ज, फागुन १९-
नेपालगन्जमा ‘दोस्रो प्रादेशिक महोत्सव’ आइतबारबाट सञ्चालनमा आएको छ । बहुउद्देशीय सभागृह र प्रर्दशनी स्थल निर्माण सहयोगार्थ तथा स्थानीय ब्यवसाय प्रवद्र्धनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवको उद्घाटन निर्धारित समयभन्दा करिव ३ घण्टा ढिलो भएको हो । स्थानीय सडक विभाग परिसरमा प्रमुख अतिथी एवम् शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

वर्षाका कारण उद्घाटन कार्यक्रम केही पछाडी धकेलिएको हो । यसअघि फागुन १६ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको महोत्सव वर्षाका कारण तीनदिन पछाडी सारिएको थियो । महोत्सव उद्घाटन गर्नुअघि आइतबार मध्यान्ह तिर संघको कार्यालय त्रिभुवन चोक पुर्वबाट दुई वटा ऊँटसहित विभिन्न झाँकी प्रर्दशन गरिएको थियो । महोत्सवमा राखिएका ३ सय वटै स्टल बुकिङ भईसकेको संघले जनाएको छ । स्टलमा कृषि, जडिबुटी, सूचना तथा प्रविधी क्षेत्रलाई पनि विशेष महत्वका साथ समावेश गरिएको अध्यक्ष नन्दलाल बैश्यले बताए । संघले २०५७ सालबाट नेपालगन्जमा मेला तथा महोत्सव आयोजना गर्दै आएको छ ।

Womui
Womui