दार्चुलामा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

23

छिनछिन खबर
दार्चुला–दार्चुला जिल्लाको सदरमुकाम खलंगाबाट हिकिलातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनुको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा ७ महिला र १ नाबालिग छन् ।

हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप खलंगाबाट ५ किलोमिटरको दुरीमा तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका–३ स्थित राताकाठामा दुर्घटना भएको हो । दुर्घटना शुक्रबार राति ८ बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जीप चालक दीपक धामी घाइते भएका छन् । घाइते चालकलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको जनाइएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

Womui
Womui