ताप्लेजुङ उद्धारमा खटिएका सेनालाई प्रधानसेनापति प्रशंसा निशान

19

छिनछिन खबर
काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिएका सेनालाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।
प्रतिकुल मौसममा खोज तथा उद्धारका लागि खटिएका सेनाका अधिकृत, पदिक तथा अन्य दर्जासहित ४६ जनाले देखाएको साहसिक कार्यको उच्च मूल्यांकन गर्दै ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


निशान प्राप्त गर्ने मध्ये उपत्यका भित्र कार्यरत १६ जनालाई प्रधानसेनापति थापाले सो प्रशंसा प्रदान गरेका हुन् । बाँकीलाई पनि निशान प्रदान गर्दै जाने बताइएको छ । यही फागुन १५ गते तेह्रथुम जिल्लाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङको पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

Womui
Womui