श्रम मन्त्रालयविरुद्ध अदालत जाने तयारीमा उपसचिव प्रेमप्रसाद सञ्जेल

201

छिनछिन खबर
काठमाडौं–  नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयविरुद्ध अदालतमा जाने बताएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् ।

श्रम ऐन–२०७४, श्रम नियामावली–२०७५ ले निर्दिष्ट गरेको मजदूरको न्यूनतम पारिश्रमिक, महँगी भक्ता, उपचार विमा, दुर्घटना बीमा, १० प्रतिशत सञ्चय कोष र ८.३३ प्रतिशत सामाजिक सुरक्षा कोष कट्टा नगरी श्रमिकको शोषण गर्ने उद्योगी र उनीहरूसँग साँठगाँठ गरी मजदूरको रगत कमिसन बनाएर पिउने ट्रेड युनियनका पदाधिकारीउपर कारबाही सुरू गर्दा इतिहासमै कसैलाई नगरिएको ७० दिने सरुवा गरिएको उनको भनाइ छ । निजामती सेवा ऐन–२०४९ को दफा (१८) को उपदफा (३) को खण्ड (ख) अनुसार आफूलाई मोरङमा दुई वर्ष काम गर्न दिनुपर्ने व्यवस्थाको उल्लंघन गरिएको उनको भनाइ छ । उनले मन्त्रालयका सचिव महेशप्रसाद दाहालउपर सोही ऐनको उपदफा (१२) बमोजिम कारबाही हुनुपर्ने मागसमेत गरेका छन् ।

उनले सरुवा गैरकानुनी भएको दावी गरे । ‘सरुवा बदर गरी पाऊ भनेर मैले तीन पटक आधिकारिक निकाय सामान्य प्रशासन मन्त्रालयमा लिखित अनुरोध गरिसकेको छ । यो कुरा मैले खुद प्रधानमन्त्रीलाई समेत जानकारी दिएको छु । तर, ६५ दिन बित्दासमेत अहिलेसम्मकुनै सुनुवाइ भएको छैन,’ उनले भने । उनले आफूममाथि गरिएको अन्यायपूर्ण व्यवहारको विरूद्धमा सर्वोच्च अदालत जाने बताए । उनले सचिव दाहाललाई विभागीय कारबाही गर्नू, गराउनू भन्ने परमादेशको आदेशसमेत नेपाल सरकार, मन्त्रिपरिषदसमेतको नाममा जारी गरी पाऊ भन्ने आफ्नो मूल माग दाबी रहेको बताए । पछिल्लो समयमा नेपालमा भ्रष्टाचारले संस्थागत रूप लिएको समेत उनले दाबी गरेका छन् ।

Womui
Womui