भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस

88

छिनछिन खबर
वीरगंज,फागुन १४ । भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस निकालिएको छ । मङगलबार मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस निकालेका हुन् ।

राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको बताए ।वीररगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

मोटरसाइकल यालीमा सहभागीहरुले आतंकवाद र आतंकवादीलाई संरक्षण दिनेविरुद्ध चर्को नारावाजी गरेका थिए । उनीहरुले नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुनेभन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न जरुरी रहेको बताए ।उनले आतंकवाद विरुद्धको लडाइमा भारतलाइ साथ दिन नेपालका युवाहरु तयार रहेको समेत बताए ।

Womui
Womui