काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

70

छिनछिन खबर
काठमाडौं– आगामी चैत दोश्रो साताबाट काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघले पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो ।

चैत १४ देखि १८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ । मेलामा ३ सय बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरु बुकिङ भइसकेको तथा नेपाली हस्तकला र एनटी आइएस बस्तुहरुको समेत गरी ५० स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले मेलाले नेपाली उत्पादन र वस्तु विश्वसामु चिनाउनुको साथै विश्व बजारीकरणको लागि े सहयोग मिल्ने अपेक्षा लिएको बताइन् । मेलाको स्वदेशी र विदेशी गरी १ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

Womui
Womui