मरिसससँग श्रम सम्झौताको तयारी, नेपालले मस्यौदा पठायो

97

छिनछिन खबर
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मरिसस सरकारलाई नेपालबाट कामदार आपूर्ति गर्न आग्रह गर्दै श्रम सम्झौतो ड्राफ्ट पठाएको छ । मरिससले लामो समयदेखि नै नेपालबाट कामदार लैजाने प्रयास गरिरहेको छ । मरिससले नेपालबाट श्रमिक आपूर्ति गर्न पहिलोदेखि नै इच्छा देखाएकाले श्रम सम्झौतको मस्यौदा पठाइएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । नेपालका तर्फबाट पठाइएको मस्यौदाको जवाफ आएपछि श्रम सम्झौताका लागि आवश्यक विषयमा छलफल गरेर प्रक्रिया अघि बढाइने उनले बताए ।

 

अधिकारीहरूले श्रम सम्झौतापछि वर्षमा २५ हजार हाराहारी श्रमिक मरिसस जानसक्ने अनुमान गरेका छन् । नेपालबाट सेवा क्षेत्रमा कामदार लैजाने इच्छा मरिससले देखाएको सहसचिव घिमिरेले बताए । सामुद्रिक टापुमा रहेका कारण १० लाख जनसंख्या रहेको मरिससमा त्यसको दोब्बर पर्यटक जाने गर्छन् । अफ्रिकाको नजिक र हिन्दमहासागर क्षेत्रमा पर्ने मरिसस पर्यटनसँगै वित्तीय सेवा, यातायात, सूचना तथा सञ्चार लगायतका क्षेत्रमा अघि छ ।

Womui
Womui