१४ एसएसपीको पदस्थापन, ९ जनाको सरुवा

115

छिनछिन खबर
काठमाडौं–नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापन गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) बाट भर्खरै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई गृह मन्त्रालयले आइतबार पदस्थापन गरेको हो । मन्त्रालयको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापना गरेको छ ।

उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानिपोखरी, रामदत्त जोशीलाई केद्रिय अनुसन्धान ब्युरो, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ । यसैबीच, गृह मन्त्रालयले ९ जना एसएसपीहरुको सरुवा गरेको छ । नेपाल राजदूतावास (कन्सुलर) नयाँ दिल्लीमा प्रकाश अधिकारीको सरुवा भएको छ ।

महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देवबहादुर बोगटीलाई संघीय प्रहरी इकाइ कार्यालय सेतीमा पठाइएको छ । यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा विश्वराज पोखरेल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दिवेश लोहनी र संघीय प्रहरी इकाइ कार्यालय गण्डकीमा पूजा सिंहलाई पठाइएको छ ।

Womui
Womui