डिर्लस तथा निर्माण ब्यवसायीसँग भेटघाट

119

नेपालगन्ज, फागुन १२-
जयबागेश्वरी सिमेन्ट्स प्रा.लि. नेपालगन्जले यस क्षेत्रका डिर्लस तथा निर्माण ब्यवसायीसँग हालै भेटघाट कार्यक्रम गरेको छ । निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा करिव डेढ सय जना डिलर ब्यवसायी तथा निर्माण ब्यवसायीको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै संघका अध्यक्ष खड्काले सिमेन्ट्स उद्योगले गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने बताए । गुणस्तरिय उत्पादन भएमा स्थानीय रुपमै खपत हुने उनको भनाई छ ।

स्थानीय उद्योगले उत्पादन गरेको बस्तु स्थानीय स्तरमै खपत गराउन राज्यले नीतिगत रुपमा ब्यवस्था गर्नुपर्ने प्रमुख अतिथी खड्काले जोड दिए । बाँकेको गनापुरमा सञ्चालित उक्त उद्योगले त्रिशक्ति प्रिमियम ब्राण्डको ओपिसी र त्रिशक्ति तथा बज्रशक्ति ब्राण्डको पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन दैनिक २१ हजार बोरा रहेको प्रबन्ध सञ्चालक निशान्त चाचानले जानकारी दिए । छोटो समयमै उद्योगबाट उत्पादित त्रिशक्ति प्रिमियम ब्राण्डको ओपिसी सिमेन्टले आफ्नो बजार लिन सफल भएको उनले बताए ।

सिमेट्स उत्पादन अत्याधुनिक जर्मन प्रविधीको स्वचालित मेसिनबाट गरिएको र उत्पादित सिमेन्ट उच्च गुणस्तरको रहेको उद्योगका महाप्रबन्धक सुमन श्रेष्ठले दाबी गरे । चाचान गु्रप अन्तर्गतको पहिलो सिमेन्ट उद्योग नारायणी सिमेन्ट्स उद्योग प्रा.लि. र दोस्रो उद्योग जय बागेश्वरी सिमेन्ट्स उद्योग प्रा.लि नेपालगन्ज रहेको प्रबन्ध सञ्चालक चाचानले जानकारी दिए । ‘यि दुबै उद्योगको दैनिक उत्पादन ४२ हजार बोरा रहेको छ,’ उनले भने ।

Womui
Womui