प्रदेश ७ ‘सुदूरपश्चिम’ बनेको गृहमन्त्रीलाई थाहै छैन !

40

छिनछिन खबर
काठमाडौं,फागुन १२ । प्रदेश नम्बर ७ को नामाकरण भएर ‘सुदूरपश्चिम’ बनेको महिनौँ भइसक्यो । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेशको नामाकरण भएको बारे अझै अनभिज्ञ रहेको पाइएको छ ।

आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलका टावरहरुमाथि भएको आक्रमणको सम्बन्धमा जानकारी दिने क्रममा गृहमन्त्री बादललाई यसबारे जानकारी नै नरहेको खुलासा भएको हो ।विभिन्न प्रदेशमा एनसेलका टावरमाथि भएको हमलाको विवरण प्रस्तुत गर्ने क्रममा गृहमन्त्री थापाले ‘प्रदेश नम्बर ७’ भन्दै तथ्यांक प्रस्तुत गरेका थिए ।

लगत्तै, समितिका सांसदले ‘प्रदेश नम्बर ७ होइन, गृहमन्त्रीज्यू ! सुदुरपश्चिम प्रदेश हो’ भनेर सम्झाएका थिए ।‘ए हो र ?’ आश्चर्यचकित हुँदै गृहमन्त्रीले भने, ‘सुदूरपश्चिम नाम भइसक्यो ?’जवाफमा अरु सांसदहरुले ‘हो’ भने ।त्यसपछि गृहमन्त्री थापाले प्रदेश ७ को साटो सुदुरपश्चिम प्रदेश भनेर तथ्यांक राखेका थिए ।

Womui
Womui